युएईमा कोरोना संक्रमित नेपालीहरुको स्वास्थ अवस्था सामान्य

7 Apr, 2020

रामकुमार परियार

 

युएई – युएईमा कोरोना भाईरसबाट संक्रमित हुने नेपालीहरुको स्वास्थ अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ। सोमबार साँझसम्ममा युएईमा ४ महिला सहित ११ जना नेपाली कोरोनाबाट संक्रमित भएको पाइएको छ। जसमध्ये २ जना उपचारपछि संक्रमण मुक्त बनिसकेको र बाँकिको सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेको दूतावासले जानकारी दिएको छ। 

युएई सरकारले आफ्नो देशभित्र रहेका सबै देशका नागरिकलाई बिना भेदभाव उच्चस्तरीय स्वास्थ उपचार सेवा प्रदान गरेको हुनाले उपचाररत नेपालीहरु चाँडै निको हुने युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले बताए। 

राजदुत ढकालले युएईमा बसोबास गर्ने सबै नेपालीलाई आफ्नो स्वास्थप्रति संवेदनशील बन्न आग्रह समेत गरेका छन्। उनले विपतको घढिमा सबै नेपाली एक भएर कोरोनाविरुद्ध लड्नुपर्ने बताए। 

युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयका अनुसार सोमबार साँझसम्ममा कोरोनाबाट ११ जनाको ज्यान गएको छ भने २ हजार ७६ जना संक्रमित भएका छन। त्यस्तै १ सय ६७ जनाको सफल उपचार भएको मन्त्रालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024