म पनि केही काम गर्न सक्छु! (तस्बिरहरू)

8 May, 2024

काठमाडौं महानगरपालिकाले सिप मेला चलाइरहेको छ।

टुँडिखेलमा गत बुधबारदेखि चलेको सिप मेलामा विभिन्न पेसासँग सम्बन्धित रहेर तालिम दिइएको छ।

महानगरले दुई हजार ८१ जनालाई नि:शुल्क रूपमा विभिन्न सिप सिकाउन तालिम दिइरहेको छ।

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउने महानगरको तयारी छ।

सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ।

रोजगार क्षेत्रमा देखिएको खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सिप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिमको आवश्यकता महसुस गरेर मेला गरिएको हो।

मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ। ती क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम छन्।

महानगरले अटो मोबाइल्स रिपेयरिङ, निर्माण क्षेत्र, हस्पिटालिटी, सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी), मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम दिएको छ।

गार्मेन्ट्स, व्युटिसियन (सौन्दर्य कला) लगायतको तालिम पनि दिइएको महानगरले जनाएको छ। तालिममा आएकाहरूले उत्साहपूर्वक सिप लिइरहेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024