म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने महिला पक्राउ

12 Dec, 2023

काठमाडौं : म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका-४ की २७ वर्षीया कविता गुरुङ रहेकी छन्।

थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाएका थिए। पीडितहरूलाई थाइल्याण्डस्थित कम्पनीमा अंग्रेजी टाइपिङको काममा मासिक एक हजार डलर कमाई हुने तथा खाने, बस्ने व्यवस्था समेत कम्पनीले नै गर्ने भनि प्रलोभन देखाएको पाइएको प्रहरीले जनाएको छ।

पीडितहरूलाई काठमाडौंस्थित आफ्नो घरमै बोलाई अंग्रेजीको टाइपिङ स्पिड चेक गरेको र उक्त परीक्षामा पास भएकालाई पैसाको जोहो गर्न लगाई प्रतिव्यक्ति २ लाख ६० हजार रुपैयाँ लिएर म्यानमार पठाएको अनुसन्धानले देखाएको छ। सामाजिक सञ्जालबाट अमेरिकी,युरोपियन नागरिकलाई ट्रयापमा पारेर बिट क्वाईनमा लगानी गर्न बाध्य बनाउनका लागि एक साताको तालिम समेत दिएको पाइएको छ।

कम्पनीले तोकेअनुसारको टार्गेट पुर्‍याउन नसकेमा कुटपिट गर्ने, करेन्ट लगाउने लगायतका शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताएका छन्। पीडितले ९ महिनापछि नेपाल फर्कनका लागि कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य भएको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024