म्यानमारबाट ११ जना नेपाली नागरिकको उद्धार

8 May, 2025

काठमाडौँ — म्यानमारको मेवाडीमा बाध्यकारी श्रममा फसेका ११ जना नेपालीको उद्धार भएको छ । जसमा एक जना महिला र १० जना पुरुष छन् । उनीहरूलाई दलालमार्फत अनलाइन स्क्यामिङमा लगाइएको थियो ।

बैंककस्थित नेपाली दूतावासले थाइल्यान्ड सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो । उनीहरूलाई वैशाख २४ गते नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

‘नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024