मासिक दुई लाख तलब पाउने प्रलोभन देखाएर ६ लाख ठगी गर्ने पक्राउ

30 Jan, 2024

काठमाडौं : पोल्यान्ड पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय गिरिस विलास जोशीलाई पक्राउ गरेको हो।

उनले सुस्मिता थापालाई पोल्यान्ड पठाइदिन्छु भन्दै पटक-पटक गरी ६ लाख ठगी गरेका थिए। प्रहरीका अनुसार उनले पोल्यान्डको प्रतिष्ठित होटलमा वेटरको काम मिलाइदिने र मासिक दुई लाख तलब पाउने प्रलोभन देखाएका थिए।

त्यसका लागि प्रतिव्यक्ति ३० लाख लाग्ने उनले बताएको प्रहरीको भनाइ छ। प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024