माल्टा पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ

12 Feb, 2024

काठमाडौं : वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ घर भइ हाल काठमाडौंको शान्तिनगर बस्दै आएका २५ वर्षीय धिरज पटेल रहेको प्रहरीले जनाएको छ।

विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने,त्यसका लागि ११ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ५ लाख रुपैयाँ लिइ फरार भएपछि प्रहरीमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा खोजतलासका क्रममा पटेललाई बबरमहलबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024