मानव बेचबिखनको घटना रोकिएन

7 Sep, 2018

पाँच दशकअघि दुप्चेश्वरको घ्याङफेदीबाट सुरु भएको मानव बेचविखनको घटनामा कमी नभएको भन्दै नुवाकोटका सरोकारवालाहरुले यसको अन्त्यको लागी सहकार्य आवश्यक रहेको बताएका छन् । घ्याँगफेदीमा २०२२ सालमा मानव बेचबिखनविरुद्धको अभियान थालिएको थियो ।

‘संघीयताको महत्वपूर्ण सार, मानब बेचविखन अन्त्यको लागी जिम्मेवार र सहकार्य सहित गरौ खबरदार’ भन्ने नाराको साथ मनाइएको मानव बेचबिखनविरुद्धको दिवसमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले घटनामा संलग्नलाई कडा कानूनी व्यवस्था गरिएको भए पनि पेशेवर समूहको निर्मूल नहुदाँ अपराधलाई शुन्यमा ल्याउन नसकिएको बताउनुभयो । मानिस किन्ने वा बेच्नेलाई २० बर्ष कैद र दुई लाख रुपियाँ जरिवानाको व्यवस्था छ ।

उहाँका अनुसार नुवाकोटमा गत २०७२ सालमा मानव बेचविखनको घटना एउटा भएकोमा २०७३ सालमा दुई वटा, २०७४ सालमा तीनवटा र गत वैशाखदेखि हालसम्ममा एउटा घटना भएको छ । पाँच दशकको अवधिमा तीन हजार महिला तथा बालबालिका हराएको बताइएको छ । नुवाकोटका ६० जनाभन्दा बढि महिलाले भारतमा वेश्यालय चलाउदै आएको दाबी गरिएको छ । साविक गाउँखर्क गाँउ विकास समितिमा गरिएको अध्ययनले प्रत्येक २८ घरधुरी मध्ये एक घरबाट १२ देखी १५ बर्ष उमेरकी एक बालिका बेचिएको देखाएको छ । 

महिला तथा बालबालिका संरक्षण सञ्जाल नुवाकोटका अध्यक्ष बिन्दा अर्यालले मानब बेचविखन विरुद्धको अभियान नियन्त्रणको लागी सरकारी र सामाजिक सँस्थाको भूमिका प्रभावकारी हुने भए पनि सस्तो लोकप्रियताको पछाडि लाग्दा अभियान सफल हुन नसकेको तर्क गर्नुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024