मलेसिया पठाइदिन्छु भन्दै दुई लाख ठगी गर्ने महतो पक्राउ

17 Oct, 2024

काठमाडौं : मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनसरी घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय बालेश्वर महतोलाई पक्राउ गरेको हो।

महतोले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाएर दुई लाख बढी ठगी गरेको प्रहरीको भनाइ छ। पीडितको जाहेरीपछि प्रहरीले महतोलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024