मलेसियाले सबै क्षेत्रमा विदेशी श्रमिक लैजाने

12 Dec, 2021

मलेसिया सरकारले सबै क्षेत्रमा आप्रवासी श्रमिकहरु भर्ना गर्ने निर्णय गरेको छ। 

१० डिसेम्बर २०२१ मा बसेको मलेसिया सरकारको मन्त्रीपरिषद् बैठकले उत्पादन, कृषि, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारका लागि विदेशी कामदार भर्ना खुला गर्ने निर्णय गरेको हो।

 

यसअघि मलेसियाले रवर तथा पाम उद्योगमा काम गर्न अनुमति लिएपछि मात्रै भर्ना गर्ने निर्णय गरेको थियो। 

कोभिड महामारीपछि आप्रवासी श्रमिक प्रवेशमा रोक नै लगाएको थियो। २०२० मार्चदेखि विदेशीहरु मलेसिया जान पाएका थिएनन्।

एक प्रेस विज्ञप्ती जारी गर्दै त्यहाँको मानव संसाधन मन्त्रालयले अब विदेशी श्रमिक भर्ना प्रकृया खुला भएको जानकारी दिएको हो। तर मलेसिया प्रवेश गर्ने श्रमिकहरुले तोकिएको मापदण्ड पूरा गर्नुपर्नेछ। 

मलेसिया जाने आप्रवासी श्रमिककको पिसिआर परीक्षण, क्वारेन्टाइनबापत खर्च तथा कोभिड भए उपचार खर्च पनि रोजगारदाताले नै बेहोर्ने उल्लेख गरिएको छ। 

मलेसिया नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक हो। हाल मलेसियामा तीन लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024