मलेसियामा सप्तरीका युवकको कोरोनाले मृत्यु

23 Aug, 2021

कान्तिपुर संवाददाता 

राजविराज — चार वर्षदेखि मलेसियामा रोजगारी गर्दे आएका सप्तरीका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंगको कोरोना संक्रमणका कारण मृत्यु भएको मलेसियामै रहेका उनका आफन्त किसुनदेव खंगले बताए । उनी दुई हप्ताअघि कोरोना संक्रमति भएका थिए ।

संक्रमण भएपछि उपचारमा रहेका उनको अवस्था गम्भीर भएपछि पछिल्लो १० दिनयता उनलाई आईसीयूमा राखी उपचार गरिदै आएकोमा आइतबार उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतक खंग मलेसियाको शाहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत थिए ।

मृतक खंगका ५ छोरी छन् । उनी एक वर्षपछि फर्कने तयारीमा थिए । परिवार चलाउनेकै मृत्यु भएपछि उनको परिवार अहिले शोकसँगै संकटमा परेका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024