मलेसियामा म्यानपावरको एकाधिकार हुँदैन : श्रम मन्त्रालय

4 Mar, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन निश्चित म्यानपावर व्यवसायीलाई लाभ हुने (एकाधिकार) गरी हाल कुनै पनि नीतिगत निर्णय नभएको र भविष्यमा पनि नहुने प्रस्ट पारेको छ ।

श्रम मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा नेपाली कामदार पठाउने विषयमा एकाधिकार गर्न खोजिएको विषयलाई अफवाह फैलाइएको भन्दै आफ्नो ध्यानकर्षण जनाएको हो । श्रमले भ्रामक र आधारहीन विषयको पछाडि नलाग्न अनुरोध गरेको छ ।

मलेसियाले आफूलाई चाहिनेभन्दा बढी विदेशी कामदार भएको जनाउँदै गत जेठदेखि नेपालसहित स्रोत देशबाट कामदार भर्ना गरेको छैन । मलेसियाको रोजगारी कहिले खुल्छ भन्ने अझै निश्चित भइसकेको छैन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024