मलेसियामा मृत्यु भएका विकको परिवारलाई सहयोग

24 May, 2024

बर्दिबास, जेठ ११ गते । मलेसियामा मृत्यु भएका आकाश विकको परिवारलाई नगरपालिकाले सहयोग गरेको छ । बर्दिबास नगरपालिका ३ स्थित गौरीडाँडाका विक मलेसियामा रोजगारका सिलसिलामा मृत्यु भएको थियो ।

नगरप्रमुख प्रह्लाद क्षेत्रीले विकका पत्नी कुमारी कमलालाई शुक्रवार बिहान ५१ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो । आठ वर्ष अघि मलेसिया जानुभएका ३५ वर्षीया विकको गत वैशाख २१ गते मृत्यु भएको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024