मलेसियामा नेपालीमाथि ठूलो धरपकड, एकैपटक २६ जना निकालिए

24 Mar, 2025

काठमाडौं : वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो।

निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, सहनी, शेर्पा, केसी थरी रहेका छन्। त्यस्तै घर्तीमगर, लोहार, सहनी, थारु, राना मगर, तामाङ, सदा, यादव, विश्वकर्मा, सहनी, राई, सरदार र बुढा थरीका व्यक्तिहरूलाई निष्कासन गरिएको परराष्ट्रका एक अधिकारीले बताए। उनले अन्नपूर्णसँग भने, ‘मलेसियाको अध्यागमनले एकैपटक ठूलो संख्यामा नेपालीहरूलाई डीपोर्ट गरेको छ। डीपोर्ट हुनेहरूमा कसैको राहदानी नभएको त कोही गैरकानुनी तरिकाले लुकीछिपी बस्दै आएका रहेछन्।’

मलेसियाले यसअघि अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, विष्ट, यादव र केसी थरी एक-एक जना रहेका थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024