मलेसियामा अलपत्र १४ युवामध्ये ४ को उद्धार

22 May, 2012

वैदेशिक रोजगार क्रममा करिब डेढ महिनाअघि यहाँ अलपत्र १४ नेपाली युवामध्ये ४ को उद्धार भएको छ । घरफिर्ती टिकट पाएपछि उनीहरू सोमबार बेलुका नेपाल फर्किएका हुन् । सुनकोसी म्यानपावर कम्पनीबाट आएका उनीहरू नेपालमा सम्झौता भएबमोजिम काम र कम्पनी फरक परेपछि अलपत्र परेका थिए ।

दोलखाका महेन्द्र विक, सुनसरीका विक्रम चौधरी, रवि श्रेष्ठ, ओम भण्डारी, अरुण चौधरी, रोशन श्रेष्ठ, देवराज गुरुङ, कृष्ण सिवाकोटी, इलामका अमर बुढाथोकी, विकास योगी, झापाका बालकुमार योगी, डम्बरध्वज जोगी, यस्तै पर्शुराम बिक, बलराम बुढाथोकीमध्ये ४ जना सोमबार र्फकने यहाँस्थित नेपाली दूतावासका श्रम सहचारी अमलकिरण ढकालले बताए ।

उनका अनुसार, अलपत्रमध्ये ४ जना सोमबार बेलुका नेपाल र्फकंदै छनं । बाँकी १० जनाको पनि र्फकने व्यवस्था भइरहेको छ । उनीहरूलाई पठाउने म्यानपावर कम्पनीले नै घरफिर्ती टिकट व्यवस्था गरेको हो । पीडितलाई पेराकको चित्लाङ कम्पनीमा भनेर ल्याई सेलाङगरस्थित हिल इन्डस्टि्रजमा काम लगाएको थियो ।

काम र तलबसुविधा सम्झौताभन्दा फरक परेपछि उनीहरूले आएको भोलिपल्टैदेखि काम बहिष्कार गरेका थिए । सम्झौतापत्रमा मासिक तलब ८ सय ४१ रिंगेट छ । कम्पनीले भने ४ सय ८१ रिंगेटमात्र मासिक तलब भएको र त्यो रकमभन्दा बढी दिन नसक्ने भनेपछि उनीहरू न्यायका लागि पटकपटक दूतावास पुगेका थिए । पीडितले आफू आउँदा बुझाएको रकम म्यानपावर कम्पनी फिर्ता मागिने पनि बताए ।

अलपत्र पीडितहरू अहिले केलाङस्थित एक इसाई धर्मशालामा आश्रय लिइरहेका छन् । बाँकी १० जना हाल घरफिर्ती टिकटको पर्खाइमा छन् । श्रम सहचारी ढकालका अनुसार ती सबैलाई म्यानपावर कम्पनीले टिकटको व्यवस्था गर्ने भएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024