मलेसियामा अलपत्र भएका ६ जना नेपाली स्वदेश फर्किए

17 Jan, 2021

एनआरएनए मलेसियाको सहयोगमा पछिल्लो एक सातामा ६ जना नेपाली स्वदेश फर्किएको अध्यक्ष हरि भट्टराइले जानकारी दिए। शनिबार नुवाकोट विदुर १० का पूर्णबहादुर श्रेष्ठको उद्धार गरिएको उनले बताए।

उनी लामो समयदेखि खुट्टा भाच्चिएर अलपत्र अवस्थामा मलेसियामा बसिरहेका थिए।

 

यस अघि एनआरएनए मलेसियाले ५ जनालाई नेपाल पठाइसकेको छ। 

‘कोभिडमा धेरै नेपाली मलेसियामा अलपत्र परेका छन हामीले एनआरएनए केन्द्रिय समितिसँग समन्वय गरेर नेपालीको उद्धार गरिरहेका र्छाै,’ अध्यक्ष भट्टराइले भने। 

 

उनले अलपत्र परेका सबै नेपालीको हवाइ टिकट, पिसिआर रिपोर्टको व्यवस्था गर्नुको साथै नेपालमा विमानस्थलमा ओर्लिएपछि घरसम्म आफूहरुले पुर्याइदिने गरेको उनले सुनाए।

एनआरएनले मलेसियाले विपतमा परेका नेपालीलाई औषधि उपचारको साथै खाद्यान्नको पनि चाँजोपाँचो मिलाइरहेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024