मलेसियाका गृह तथा मानव संसाधनमन्त्री र राजदूत पौडेलबीच भेटवार्ता, गृहमन्त्री नेपाल आउँदै

30 Jan, 2023

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संसाधनमन्त्री भी. शिवकुमारसँग भेटवार्ता गरेका छन्।

उनले नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हित एवं गृहमन्त्री इस्माइलको नेपाल भ्रमणबारे छलफल गरेका छन्। नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि गर्ने विषयमा पनि छलफल भएको राजदूतावासले जनाएको छ।

नेपाली श्रमिकहरू शून्य लागतमा मलेसिया जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयन, मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो।

दुवै भेटवार्तामा दुईपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धनका लागि सहकार्यका विषयमा छलफल भएको थियो।

राजदूतावासका अनुसार गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेपाल भ्रमणबारे कुराकानी भएको थियो। नेपाल भ्रमणमा गृहमन्त्रीले मलेसियाको ‘फरेन वर्कर्स इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’बारे नेपाली अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024