मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउनुहुँदै

2 Feb, 2023

काठमाडौं, माघ १९ गते । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज (बिहीबार) आउँदै हुनुहुन्छ । उहाँ साँझ ७ बजे काठमाडौं आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । भ्रमण सम्पन्न गरी उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024