मजदुरलाई निःशुल्क खाना

21 Jun, 2021

जितेन्द्रनारायण ठाकुर 

विराटनगर : लकडाउनले रोजगारी गुमाए पनि दैनिक विराटनगर आउँछु, बुद्धनगरका वीरेन्द्र मुखियाले भने, ‘काम गर्न होइन खाना खान विराटनगर आउने गरेको छु ।’

४१ वर्षीय मुखियाले दैनिक विराटनगरमा ठेला चलाएर ४ जना परिवारको पेट भर्दै थिए ।  तर दोस्रो चरणको कोरोना महामारीको नियन्त्रण गर्न भएको निषेधज्ञाले काम बन्द भएपछि खान समस्या भएको थियो  । ठेला चालाउन नपाएर भोकै बस्नु पर्ने बेला दुई छाक खान विराटनगरमा जाने उनले भने, ‘निःशुल्क खानाको व्यवस्था मनकारी युवाहरुले नगरेको नभए के हाल हुुन्थ्यो ? विरामी भएर  श्रीमतीको मृत्यु हुँदा ऋणमा डुबेको बेला कमाउने माध्यम नै बन्द भए पछि खान समस्या भएको मुखियालाई  वासिम आलमको नेतृवमा रहेको मनकारी युवाहरुको समूहले हाम्रो अभियानले ३७ दिनदेखि खाना दिन थालेपछि जीवन सहज बनेको छ ।

अहिले निषेधाज्ञा छ घरमा नै बस्नु पर्ने बाध्यता भए पनि खान लिन उनी सधै वैकल्पिक बाटो हुँदै १० किलो मिटर विराटनगर आउने गरेको बताउँछन् ।  विराटनगमा दैनिक रुपमा कोरोना संक्रमण बढ्न थालेपछि निषेधज्ञा जारी रहेको बेला अत्यावश्यक कामका लागि निस्किनेबाहेक सबै थुनिएका छन् ।

 सबैतिर बन्द भएपछि मजदुरी गर्नेहरू सडकमा आइपुगेको अवस्थामा सडकपेटीमै बस्नेहरू र  दैनिक मजदुर गर्नेहरु ५४ सयको हराहरीमा आलमको नेतृवमा रहेका हाम्रो अभियानले दुई छाक खाना खुवाउदै आएका छन् ।

सुनसरी इटहरी नगरपालिका गाडी चालक संन्तोष चौधरीले पनि यातायात बन्द हुँदा भोकै बस्ने समस्याको समाधान युवाहरुले नगरेको भए भोकले नै मर्ने आवस्था आउने बताउँछन्। मुखिया र चौधरी जस्तै आलमको खाना खुवाउने अभियानमा अहिलै  ५सय जनाले खाना खाइरहेका छन् ।

बजार खुल्ला रहेका बेला मानिसहरूको आवागमन हुँदा पाएको काम गरेर जीविका चलाउँथे। अभियानका नेतृत्व गर्दे आएका वासिम आलमले भने, ‘युवासंग समन्वय गरेर सहयोग गर्न अभियान चलाएका हो ।’

आलमसंगै मजदुरको  भोको पेटको चिन्ता स्थानीय युवाहरूले गरेका छन्। संक्रमक रोगको पर्वाह नगरी केही युवाहरू सडकमा दैनिक असहायलाई खान बाड्दै हिँडिरहेका छन्।

आलमका अनुसार पहिलोपटक लकडाउन सुरू भएपछि नै असहायलाई निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका थिए  । पहिलो चरणमा उनले एक सय २० दिन खाना खुवाएका थिए  । दोस्रो चरणको संक्रमण तिव्र रुपमा फैलिन थालेपछि फेरी ३७ दिनदेखि खाना खुवाउदै आएको अभियन्ता आलमले बताए ।

युवाहरुलाई समाजिक काम गर्नतर्फ अगसर गराउन पनि अभियानले निकै आत्मबल बढाएको आलमले सुनाए  ।  खाना खुवाउन अभियानमा सहभागि युवाहरु  आफैं सामान जुटाउँछु, आफैं पकाउने गरेका छन्।

आलम नेतृत्वको अभियानका सदस्य भाडामा बस्ने र  काम गर्न नपाएर विच्चलीमा रहेकालाई घरघरमा गएर खाद्यान्य लगायतका सामग्री समेत दिदै आएका छन्  ।

आलम नेतृत्वको युवाहरुको समुहले वृद्धाश्रमम समेत खाद्यान्य र विस्कुट, चाउचाप दिने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024