भिसा पाएका २४ कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको अनुरोध

10 Oct, 2023

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलमा यात्रा नगर्न अनुरोध गरेको छ।

सोमबार साँझ मन्त्रालयले एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो।

तर इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ। जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्‍यान समेत गएको छ।

त्यसैलाई मध्यनजरमा राख्दै मन्त्रालयले २४ जना भिसा पाएका कामदारहरूको नामसहित सूचना प्रकाशन गरेको हो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024