भिजिट भिसालाई सहज बनाउने सरकारको तयारी

12 Jan, 2024

काठमाडौं : सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने भएको छ। गृहमन्त्रालयमा बिहीबार भएको सर्वपक्षीय छलफलमा भिजिट भिसालाई सहज बनाउने नीति अवलम्बन गरिएको हो।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रममन्त्री शरतसिंह भण्डारी र विभिन्न मन्त्रालयका सचिवहरूबीच भएको छलफलले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने विषयमा सहमति जुटाएको हो।

यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग परामर्शन लिने र प्रधानमन्त्रीको निर्देशनबमोजिम नयाँ निर्णय गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृह मन्त्रीले अध्यागमन विभागलाई निर्देशन दिएका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024