भिजिट भिसामा कुवेत जान लागेका ३९ महिला विमानस्थलबाट पक्राउ

25 Aug, 2022

भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । शंकास्पद कागजपत्र बोकेर जान लागेकाे भेटिएपछि विमानस्थल प्रहरीले उनीहरूलाई पक्राउ गरि माइती नेपाललाई जिम्मा लगाएको छ।

उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरकाे उडानमार्फत कुबेत जान लागेका थिए । भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा प्रहरीले उनीहरूलाई रोकेको हो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024