भारत लैजान लागिएका पाँच बालिकाको उद्धार

13 Oct, 2023

जिल्ला प्रहरी कार्यालय बाराले भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।

करैयामाई गाउँपालिका वडा नम्बर-१ बाट सोमबार एका एक सम्पर्क विहीन भएका बालिकाहरुलाई वीरगन्जबाट फेला पारी बिहीबार परिवारको जिम्मा लगाइएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

गाउँबाट १३ वर्षीय बालीका १ जना, १४ वर्षीय बालीका २ जना र १६ वर्षीय बालीका २ जना गरी ५ बालिका एकैसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए।

एकै पटक पाँच/पाँच जना बालिका हराएको सूचना पाउन साथ खोज तलास गर्न परिचालन गरिएको प्रहरी टोली भारतको रक्सौलतर्फ जाने क्रममा पर्साको जिल्ला वीरगन्जको आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट फेला पारी उद्धार गरिएको उपरीक्षक काफ्लेले जनाए।

बालिकाहरुलाई भारत लैजान लागेका भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुरका १८ वर्षीय कवि कुमार पाललाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका युवकसँग बालिकाहरुलाई भारतको कुन स्थानमा कसको योजनामा लैजान लागेको भन्नेबारे सोधपुछ भइरहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको न्यौपानेले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024