भारत जानेको लर्को

13 Nov, 2018

जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन्। चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । दशैँ तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन् । सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले बताउनुभयो । गाउँघर फेरि सुनसान बन्न थालेका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024