भदौमा भित्रियो एक खर्ब २६ अर्ब रेमिटेन्स, ५७ करोड बाहिरियो

16 Oct, 2024

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना (भदौमा ) १ खर्ब २६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। साउनको तुलनामा भित्रने दर १० अर्बले घटेको हो।

साउन एक महिनामा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

पछिल्लो २१ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिएको छ। साउन र भदौमा दुई खर्ब ६३ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

गत आर्थिक वर्ष २०८०/८१ दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिटेन्स भित्रिएको थियो।

यो दुई महिनामा ५७ करोड रूपैयाँ रेमिट्यान्सको रूपमा बाहिरिएको छ।

दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ९.९६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष एक लाख ६ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएका थिए। यस वर्ष १ लाख १७ जना छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024