बेलायत बस्ने र जाने नेपालीहरूका लागि दूतावासले जारी गर्‍यो यस्तो सूचना

7 Aug, 2024

लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा बस्ने र त्यहाँ घुम्न जाने नेपालीहरूका लागि सूचना जारी गरेको छ।

हाल बेलायतमा प्रदर्शन र हुलदंगा चलिरहेकाले नेपालीहरूलाई आवश्यक सुरक्षा र सतर्कता अपनाउन बेलायतले अनुरोध गरेको छ।

दूतावासद्वारा जारी सूचना अनुसार हाल केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन र हुलदंगा चलिरहेको छ। बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपालीहरूलाई यस्तो स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन दूतावासले अनुरोध गरेको छ।

‘राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको छ। यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,’ दूतावासले भनेको छ।

दूतावासले बेलायतस्थित नेपाली संघ तथा संगठनहरूलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र समन्वय गर्नु समेत अनुरोध गरेको छ।

त्यस्तै आपतकालीन अवस्थामा दूतावासमा सम्पर्क गर्न सकिने पनि जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024