बेलायतमा लुकिछिपी काम गर्ने एक नेपाली निष्कासित

4 Mar, 2025

बेलायतले एक जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा बेलायतले ती नेपालीलाई निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। लुकिछिपी काम गरिरहेका बेला उनी पक्राउ परेका थिए। स्रोतका अनुसार पक्राउ पर्दा थापासँग न पासपोर्ट थियो, न आवश्यक कागजपत्र नै। दुवै चिज नभएपछि त्यहाँको अध्यागमनले केही दिन नियन्त्रणमा राखेर निष्कासन गरेको स्रोतको भनाइ छ।

थापालाई यसै साता टर्कीस एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो। यसअघि गत माघ दोस्रो साता दुई नेपालीलाई बेलायतले निष्कासन गरेको थियो। गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा बस्नेत र श्रेष्ठ थरीका एक-एक जनालाई बेलायतले निष्कासन गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024