बुटवलबाट १२० जना मजदुरको उद्दार

14 Apr, 2020

२ वैशाख, बुटवल । सोलुखुम्बुबाट हिँडेर ११ दिनमा बुटवल आइपुगेका एक सय २० जना मजदुरको उद्दार गरिएको छ । बुटवल उपमहानगरपालिकाले तीन वटा बसमा उनीहरुलाई घर फर्कने वातावरण मिलाएको हो । 

दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका उनीहरु सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै हिँडेरै बुटवलसम्म आइपुगेका थिए । 

बुटवल उपमहानगरपालिकाले उनीहरुलाई निशुल्क खाना खुवाउनुका साथै स्वास्थ्य चेकजँच गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024