बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

27 Oct, 2021

सन्देश श्रेष्ठ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर–१७ बिरौटाका ४२ वर्षिय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका–१ कोल्बी बस्ने २६ वर्षिय ऋषि भट्टलाई पक्राउ गरेको हो।

पक्राउ परेका तामाङ र भट्टले पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा काममा लगाई दिन्छु भन्दै दुई महिलामाथि यौन शोषण गरेको प्रहरीको आरोप छ। प्रहरीका अनुसार उनीहरुले जागिर लगाईदिने प्रलोभनमा पारी ललाईफकाई तथा डर त्रास देखाई यौन शोषण गर्दै आएका थिए। प्रहरीले पीडित महिलाको उद्धार गरि मनोचिकित्सकसँग मनोपरामर्श गरेर आफन्तको जिम्मा लगाएको छ।

पक्राउ परेका तामाङ र भट्टमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरि अनुसन्धान जारी राखिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए। बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन्। लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन्।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन्। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ। कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024