बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ

11 Jul, 2024

२६ असार, काठमाडौं । नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान छन् । उनीहरुलाई मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् ।

बालिकाहरुलाई राम्रो आम्दानी हुने प्रलोभन देखाएर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको अनुसन्धानबाट खुलेको दाबी प्रहरीको छ ।

प्रहरीले उक्त गेस्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्धार गरेको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024