बालाजुमा गेस्ट हाउसका नाममा वेश्यावृत्तिः सञ्चालक पक्राउ, २ बालिकाको उद्धार

20 Mar, 2025

बालिकालाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पञ्चेश्वर महाकाली गेस्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक ४५ वर्षीय शम्भुलाल मल्ल रहेका छन्।

गोरखा पालुङटार नगरपालिका–६ घर भएका मल्लले काठमाडौं महानगरपालिका–१६ बालाजुमा गेस्ट हाउस चलाउँदै आएका थिए। उक्त गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उक्त गेस्ट हाउसबाट २ जना बालिकाहरूको उद्धार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको जानकारी दिएको छ। सञ्चालक मल्लमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024