बाइक राइडर र ट्याक्सी ड्राइभरलाई श्रम स्वीकृति नदिइने

21 Feb, 2023

काठमाडौँ, फागुुन ९ गते । वैदेशिक रोजगार विभागले रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ । विभागले सोमबार सूचना सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म उक्त श्रम स्वीकृति नदिने जानकारी गराएको हो ।

विभागका अनुसार वैदेशिक रोजगारीका लागि यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा गएका अधिकांश श्रमिक विभिन्न समस्यामा परेको गुुनासो आएकाले अर्को निर्णय नहुँदासम्म यी पदका लागि पूर्वस्वीकृति नदिने निर्णय गरेको छ ।

विभागले सूचनामार्फत यूएई र कतारमा यी पदका लागि स्वीकृत भएका मागपत्रको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन बस्नु परेको, धेरै पटक ट्राफिक कारबाहीमा परेर धेरै जरिवाना तिर्नुुपरेकोजस्ता थुुप्रै गुुनासो आएको जनाएको छ । सडक अनुशासनको ज्ञान र अनुभवको कमीले धेरै दुर्घटना हुने गरेको बताइएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024