बङ्गलादेशमा रहेका सबै नेपाली सुरक्षित, सहजताका लागि सहयोग गरिदिन भारतलाई पनि आग्रह

22 Jul, 2024

बङ्गलादेशमा रहेका झन्डै ३ हजार नेपाली मध्ये ८ सयभन्दा बढी नेपालका लागि रवाना भइसकेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार शनिवारसम्म ८ सयभन्दा बढी नेपालीले बङ्गलादेश छाडिसकेका छन्। उनीहरू हवाईमाग र स्थलमार्ग हुँदै नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी इमाम मेडिकल कलेजमा अध्ययनरत १७ जनालाई नेपाल सरकारले नै हवाईमार्गबाट काठमाडौँ ल्याउन लागेको छ।

मन्त्रालयका उपसचिव ऋषि आचार्यले हालसम्म बङ्गलादेशमा अध्ययनरत ३ हजार नेपाली विद्यार्थीमध्ये ८ सयले बङ्गलादेश चाडेको बताए।

उनले भने, ‘बङ्गलादेशमा बढ्दै गएको आन्दोलनका कारण त्यहाँ रहेका नेपालीहरूको सकुशल स्वदेश फिर्ताका लागि सरकारले विभिन्न निकायसँग समन्वय गरिरहेको छ। भारतीय सीमा हुँदै वा भारत हुँदै नेपाल आउन चाहने विद्यार्थीलाई सहजता प्रदान गरिदिनका लागि दूतावासमार्फत् कुराकानी भइसकेको छ।’

उप सचिव आचार्यले हालसम्म बङ्गलादेशमा रहेका सबै नेपाली सुरक्षित रहेको र उनीहरू चाँडै नेपाल फर्किने बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024