फिफा विश्वकप जिम्मा पाएको साउदीमा श्रमिकको शोषण, नेपालसँग टारिरहेछ श्रम सम्झौता

26 Dec, 2024

Bedananda Joshi

साउदी अरबले सन् २०३४ को विश्वकप फुटबलको जिम्मा पाएको छ। त्यहाँ हाल ५ लाख हाराहारीमा नेपाली छन्। नेपालले साउदीसँग १६ वर्षदेखि श्रम सम्झौता गर्ने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन।

नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश साउदी अरबले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने जिम्मा पाएको छ। त्यसका लागि साउदीले अबका १० वर्षमा ११ वटा रंगशाला बनाउनु पर्नेछ।

नयाँ बन्ने यी रंगशाला विश्वकै नमूना हुने साउदीले बताउँदै आएको छ। त्यसमध्येको एक रंगशाला साउदीको महापरियोजना मानिएको नियोम (नयाँ शहर)मा हुनेछ, जुन शहर बन्नै बाँकी छ। यसबाहेक चार रंगशालाको मर्मतसम्भार, करिब दुई लाख नयाँ होटल कक्षहरू निर्माण हुनेछन्।

उल्लेख्य संख्यामा विमानस्थल, सडक, रेलमार्ग तथा बस सञ्जाल विस्तारसहित भौतिक पूर्वाधार विकास गर्नु पर्नेछ। पूर्वाधारका विशाल संरचना तयार पार्न लाखौँ श्रमिक आवश्यक पर्ने छ, जसको पूर्ति साउदीले नेपाल, भारत, पाकिस्तानलगायत श्रमिक आपूर्तिकर्ता देशहरूबाट गर्नेछ।

यस हिसाबले थप हजारौँ नेपाली श्रमिकलाई साउदीमा रोजगारीको अवसर सिर्जना हुनेछ। तर अहिले पनि आप्रवासी श्रमिकले त्यहाँ श्रम शोषणलगायत समस्या भोगिरहेका छन्।

‘बिल्डिङ एन्ड वुड वर्कर्स इन्टरनेसनल’ले विश्व श्रम संगठनमा साउदीविरुद्ध जबर्जस्ती श्रमसम्बन्धी गुनासो दर्ता गरेको छ। खेलकुद र अधिकार गठबन्धन (एसआरए)ले पनि दर्जनभन्दा बढी संघसंस्थासँग मिलेर संयुक्त वक्तव्य जारी गर्दै श्रम शोषणको अन्त्य नभई साउदीमा विश्वकप आयोजना गर्न नदिन फिफालाई आग्रह गरेको छ।

फिफाले कुनै देशलाई विश्वकप आयोजना गर्न दिन आफ्नै मानव अधिकार मापदण्ड बनाएको छ। विश्वकप आयोजनाका लागि त्यहाँ श्रमिक अधिकारलगायत नागरिकको कुनै पनि प्रकारको मानवअधिकार उल्लंघन नगर्ने सुनिश्चित गर्नुपर्छ। साउदीलाई पनि फिफाले ती मापदण्ड पालना गर्नुपर्ने जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024