प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ कृषि सडक निर्माण सुरु

13 Feb, 2025

महेश्वर चामलिङ राई

त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गतका योजना १६ नं. वडाबाट सुरु गरेको छ । १६ का विभिन्न ठाउँलाई जोड्ने ४ वटा फरक फरक कृषि सडकको निर्माण कार्यको सुरुवात गरेको हो ।

जस अनुसार १६ नं. को कुसुमटार–धौरी, बरुवा खोला–अकर सिम्ले, भोर्ले–सिँदाली र डिहीटार–अम्वोके–सिद्रे–डहर खोल्सी कृषि सडक निर्माण कार्य थालिएको नगर प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पम्फा घले (निशा)ले बताइन् ।

४ वटै कृषि सडकको सुरुवात अम्वोकेमा बुधबार आयोजित एकै ठाउँ शुभारम्भ भएको घलेले बताइन् । कृषि सडक निर्माण औपचारिक रुपमा सुरु भएको उनले बताइन् । घलेले ती ४ वटै सडक निर्माण गर्न ३४ जना श्रमिक मजदुर काममा खट्नेछन् । उनीहरुले दिनको ६ सय ६८ रुपियाँका दरले पारिश्रमिक बापत ज्याला पाउनेछन् ।

१६ नं. वडाध्यक्ष मानबहादुर राई, ११ र ८ नंं. वडाध्यक्ष द्वय सुमन्त कोइराला र राजकुमार राउत तथा नगर अधिकृत द्वय विश्वजीत राई र एकबहादुर राउतले श्रमिकहरूलाई परिचयपत्र, मजदुर पोसाक तथा कार्य उपकरण प्रदान गदै कार्यक्रम शुभारम्भ गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख ७१ हजार २ सय रुपैँया निकासा भएको छ भने वडा कार्यालयले सहभागिताबापत २ लाख रुपैँया विनियोजन गरेको छ । श्रमिकहरूले १ सय दिनमा सडक निर्माण सम्पन्न गर्नुपर्ने प्रावधान रोजगार कार्यक्रमले तोकेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024