पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

4 Apr, 2025

२१ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ घर भई बूढानीलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजुविक्रम राणा, ३५ वर्षीया रोशनी राणा र कञ्चनपुरको बेदकोट नगरपालिका-१० घर भई टोखा नगरपालिका-९ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका छन् ।

राजु र रोशनीलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट र भीमलाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रहरीका अनुसार राजु र रोशनीले एक जना पीडितबाट ४ लाख १२ हजार र भीमले दुई जना पीडितबाट दुई लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन बनेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024