पोर्चुगलको भिसा सेन्टर नेपालमै स्थापना गर्न पहल गर्छु : प्रस्तावित राजदूत पौडेल

3 Sep, 2024

काठमाडौँ — संसदीय सुनुवाइका क्रममा पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालको व्यापार घाटा कम गर्न भूमिका खेल्ने बताएका छन् । पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्नका लागि आफूले भूमिका खेल्ने पनि उनको भनाइ थियो ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा पोर्चुगल जान चाहने नेपालीले भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि आफूले भूमिका खेल्ने बताए ।

‘पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं । त्यहाँ रहेका नेपालीहरूको तथ्यांक संकलनको काममा पनि लाग्नेछु,’ उनले भने, ‘दुई देशबीचको द्विपक्षीय संयन्त्रलाई पनि सक्रिय बनाउनुपर्नेछ । व्यापार घाटा कम गराउने काम पनि गर्नेछु ।’

राजदूतले मुलुकको व्यापार घाटा कम गराउनका लागि मार्केटिङ म्यानेजरका रूपमा पनि काम गर्नुपर्ने पौडेलको भनाइ थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024