पाँच तारे होटलले चैत महिनाको तलब नदिएको श्रमिकको गुनासो

17 May, 2020

नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघले होटल तथा रेष्टुरेन्टहरुले गएको चैत महिनाको तलब नदिएको बताएकोछ।

संघले विज्ञप्ति जारी गर्दै तलब नदिउको गुनासो गरेको हो।

‘श्रमिकहरुकै श्रमको बलमा विगतदेखि अथाह मुनाफा आर्जन गर्दै आएका पाँच तारे होटेलका साहुहरुले कोरोनाको निहुमा आफ्ना कामदार कर्मचारीहरुलाई गत चैत यताको तलव दिएका छैनन् । तर यिनीहरुले सरकारलाई भने वैशाखसम्मको तलव दिइसकेको भन्दै गुमराहमा राखेका छन्’ विज्ञप्तिमा भनिएको छ।

श्रमिकका नाममा छुट्याइएका विभिन्न सञ्चित कोषहरुमा कराडौं रकम सञ्चित भएको र त्यसबाट सहजै तलब दिनसक्ने अवस्था भएपनि व्यवसायीहले बदमासी गरेको संघले आरोप लगाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024