परराष्ट्रले भन्यो लेबनानमा रहेका नेपाली सुरक्षित, आवश्यक परे यी नम्बरमा सम्पर्क गर्नुस्

2 Oct, 2024

सरकारले लेबनानमा रहेका नेपाली सुरक्षित रहेको बताएको छ। परारष्ट्र मन्त्रालयले मङ्गलवार राति सूचना जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको भन्दै अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ।

मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिकहरूको सहजताका लागि निरनतर प्रयास भइरहेको भन्दै कुनैपनि सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न पनि भनेको छ।

त्यसका लागि मन्त्रालयले कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न भनेको छ भने बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने बताएको छ।

यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024