परराष्ट्रले भन्यो : रुस यात्रा गर्नु परेमा एनओसी लिन अनिवार्य

21 Dec, 2023

काठमाडौँ — अब रुस यात्रा गर्नु परेमा नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य रुपमा लिनु पर्ने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनु पर्ने प्रावधान रहेको जानकारी दिएको हो ।

परराष्ट्रले भन्यो : रुस यात्रा गर्नु परेमा एनओसी लिन अनिवार्य

रुसी सेनामा नेपालीहरु भर्ती हुन गएपछि सरकारले उक्त प्रावधान ल्याएको हो । ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधरण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालीहरुले रुस यात्रा गर्दा नेपालबाट मात्र नभई अन्य विभिन्न गन्तव्यबाट पनि एनओसी आवश्यक हुने भएको छ । नेपालीहरु भारत, बंगलादेश, श्रीलंका, यूएई, साउदी अरबिया, कुवेत, कतार र बहराईनबाट रुस यात्रा गर्नु परेमा पनि त्यहाँ रहेका नेपाली दूतावास र महावाणिज्य दूतावासहरुबाट एनओसी अनिवार्य रुपमा लिनु पर्ने उल्लेख गरे । रुसी सेनामा भर्ती हुन गएका ७ जना नेपालीको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024