नौ महिनादेखि युक्रेन जेलमा रहेका दुई जना नेपालीको उद्धार

7 Feb, 2025

काठमाडौँ — ९ महिनादेखि युक्रेन जेलमा रहेका दुई जना नेपालीको बिहीबार उद्धार गरी नेपाल पठाएको छ । युक्रेन मामिला हेर्ने जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले दोलखाका शेर स्याङ्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पालाई उद्धार गरी स्वदेश पठाएको हो । युक्रेनको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै युक्रेनले उनीहरुलाई गत मेदेखि जेलमा राखेको थियो ।

उनीहरु मेल्डोभास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल पठाइएको हो । दूतावासले उनीहरुको उद्धारका लागि आप्रवासनको लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम), युक्रेनको सीमा सुरक्षा दल, किभस्थित माल्डोभाको दूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतसँग समन्वय गरेको थियो ।

सन् २०२३ को जनवरी तेस्रो सातादखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरुले युक्रेनमा रहेका नेपाललगायत मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीलाई प्रवेशाज्ञा जारी गरेको छैन ।

दूतावासले मानव तस्करको प्रलोभनमा परी युक्रेनबाट युरोपलगायत मुलुकमा प्रवेश गर्ने कार्यमा संलग्न नहुन सबैमा अपिल गरेको छ । ‘कुनै पनि माध्यमबाट युक्रेन प्रवेश गरी विपदमा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन छ । यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न सबै नेपाली नागरीकलाई पुनः अनुरोध गर्दछ,’ दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024