नैतिकतायुक्त कामदार आपूर्ति प्रक्रियामा जोड

19 Nov, 2018

श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली श्रमिक आपूर्ति प्रक्रियालाई सहज र पारदर्शी बनाएर कामदारको हित रक्षामा सरकार प्रतिवद्द रहेको बताएका छन् । विदेसमा कामदार आपूर्ति प्रक्रियालाई पारदर्शी र नैतिक आचरणयुक्त बनाउने विषयमा राजधानीमा युएस मिसनले आयोजना गरेको कार्यक्रमा विष्टले  विदेसिने नेपालीको हित रक्षामा सरकार लागि परिरहेको बताएका हुन्। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली जनता, निजीक्षेत्र र सरकारलाई हितहुने विषयमा सहयोग गर्न अमेरिकी सरकार प्रतिवद्द रहेको धारणा राखेका थिए।  राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पध्म ज्योतीले आपूर्तिका लागि नैतिकतापूर्ण संस्थागत संरचना तयार गरिनुपर्नेमा जोड दिएका थिए।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024