नेपाल-भारत सीमाबाट बालबालिका तस्करीको उच्च जोखिम : कैलाश सत्यार्थी

11 Dec, 2020

नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले महामारीको समयमा हुन सक्ने बालबालिकाको बेचविखन तथा ओसारपसारबारे सचेत हुन आग्रह गरेका छन्। उनले कोरोना महामारीको फाइदा उठाउँदै त्यस्ता गतिविधि बढ्न सक्ने संकेत गर्दै नेपाल र भारतका अधिकारीहरुलाई प्रभावकारी कदम चाल्नसमेत भनेका छन्।  ‘बचपन बचाओ’ अभियानका संस्थापकसमेत रहेका सत्यार्थीले सिमानबाट हुन सक्ने बालबालिका तस्करीबारे आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।

कार्यक्रममा सहभागिहरुले दुई देशले बालबालिकाको तस्करी रोक्नका लागि एक समझदारी पत्रमा हस्ताक्षर गर्नुपर्ने सुझाव दिएका थिए। तस्करी रोक्न म्यानमा र भारतबीच यस प्रकारको समझदारी पत्रमा हस्ताक्षर भएको उदाहरण दिइएको थियो।

‘नेपाल र भारतका बालबालिकाहरु कोरोना महामारीका कारण धेरै नै प्रभावित भएका छन्। गरिबी र बेरोजगारी बढिरहेको छ। कोरोनाका कारण विद्यालयहरु बन्द छन्। उनीहरु तस्करीको उच्च जोखिममा रहेका छन्’, उनले भनेका छन्, ‘सिमाना भित्र र सिमाना बाहिर दुवै क्षेत्रमा बालबालिका तस्करीको खतरामा छन्। दुवै देशले यसलाई पहिचान गरेर रोक्न जरुरी छ।’

अबको वर्ष संयुक्त राष्ट्र संघको बालश्रम उन्मुलनको वर्ष रहेको बताउँदै सत्यार्थीले यसको अन्त्यका लागि नेपाल भारतका अधिकारी र नागरिक समाजलाई कानुन कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024