नेपाली विद्यार्थीको समस्या समाधान गर्न पहल

8 Apr, 2020

राष्ट्रिय शैक्षिक परामर्श संघले विदेश अध्ययनमा रहेका नेपली विद्यार्थीका समस्या समाधानमा पहल गरेको छ । संघले कोरोना संक्रमणको महामारीले विश्व नै समस्यामा परेका वेला अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, इन्डिया, जर्मनी, फ्रान्स, डेनमार्क साइप्रसलगायत देशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न एक्सन टिम बनाएर अगाडि बढेको हो । 

संघले नेपाली विद्यार्थीको डाटा संकलन गरी समस्या पहिचान गर्ने, स्वास्थ्य सुरक्षा तथा आधारभूत आवश्यकताका लागि शिक्षा मन्त्रालय, विदेशमा रहेका नेपाली दूतावास र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा विद्यार्थीको समस्या समाधानको पहल गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकको नेपालबाट विदेशमा रहेका विद्यार्थीलाई पाँच सय अमेरिकी डलर पठाउने व्यवस्थालाई थप (कोरोना संक्रमण महामारी अवधिभर) गर्न शिक्षा मन्त्रालयसँग पहल गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024