नेपाली कामदारले झैझगडा गरेको भन्दै सरकारको ध्यानाकर्षण

9 Aug, 2024

अवुधावी : युनाइटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली कामदारले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी झैझगडा गर्ने गरेको भन्दै यूएई सरकारले नेपालको ध्यानाकर्षण गरेको छ।

नेपाली दूतावास अवुधावीले एक विज्ञप्ति जारी गर्दै यूएई सरकारले आफूहरूलाई उक्त कुराको जानकारी दिएको भन्दै सचेत गराएको छ।

‘आजकल धेरै नेपाली कामदारहरूले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र झैझगडा गर्ने गरेको भन्दै यूएईको सरकारी निकायले हामीलाई जानकारी गराएको छ,’ दूतावास स्रोतले भन्यो, ‘कोही–कोही त रक्सी खाएरै दूतावासको सुरक्षाको लागि खटिएका स्थानीय सुरक्षाकर्मीहरूलाई समेत दुव्र्यवहार गर्छन्।’

म्यानपावर कम्पनीले नेपालमा भनेजस्तो सेवा सुबिधा कम्पनीले नदिने, नेपाली कामदारहरू निरास हुने, काम छोडेर भाग्ने र झैझगडा गर्ने गरेका छन्। अबुधाबी दूतावासले जारी गरेको विज्ञप्तिमा सबै नेपाली कामदारहरू सद््भावना कामदारका रूपमा रहेकोले यूएईको कानुन, नियम, मूल्य मान्यताको पूर्णपालना गर्न अनुरोध गरिएको छ। झन्डै २ सय नेपाली यूएईको जेलमा छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024