नेपाली उद्योगमा विदेशी कामदारको लागत संकलन गर्न श्रम मन्त्रालयलाई संसदीय समितिको निर्देशन

3 Aug, 2022

संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरू राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत संकलन गर्न निर्देशन दिएको छ । सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा श्रम मन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लागत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिए । सभापति श्रीवास्तवले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिए ।

‘कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन निर्देशन गर्दछु,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयहरू उद्योग, श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरूसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरी उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्ने, विभिन्न कारखानाहरूमा विदेशी कामदारहरू रहेको विषयमा श्रम विभागमार्फत सोको अनुगमन गरी लागत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यहरूलाई समेत सहभागी गराउन निर्देशन दिइन्छ ।’

समितिले सम्बन्धित मन्त्रालयहरू उद्योग, श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरूसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरेर उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024