नक्कली कागज बनाएर विदेश पठाएको आरोपमा वायु सेवा निगमका अधिकृत पक्राउ

13 Dec, 2023

नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार दिउँसो पोखरेललाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा खाडी मुलुक पठाइदिएको आरोपमा पक्राउ गरेको बताएको छ।

नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अपराध अनुसन्धान कार्यालयले अहिलेसम्म २५ जनालाई पक्राउ गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024