देशमा रोजगारी सृजना नहुँदा गाउँबस्ती खाली भए: सभामुख घिमिरे

4 May, 2023

लक्ष्मण घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बसाईसराईको प्रमुख कारण शिक्षा भएको बताएका छन्। गुणस्तरीय शिक्षाको अभावमा पहाडी जिल्लाबाट बसाईसराई गर्ने क्रम बढ्दो रहेको उनले बताए।

सामुदायिक विद्यालयका पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाईसराई नरोकिने सभामुख घिमिरेले बताए। जिल्लाको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्या बोध माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भौतिक पूर्वाधार र सडक विस्तारले गति लिएपनी शिक्षा र स्वास्थ्यको गुणस्तर उस्किन नसकेको बताए।

उनले तीनै तहका सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्नुपर्ने बताए।

शिक्षा, स्वास्थ्यको सुधारसँगै रोजगारी अहिलेको प्रमुख कारण रहेको उनको जिकिर थियो। देशमा रोजगारी सृजना नहुँदा गाउँबस्ती खाली भएको उनले बताए। जिल्लाहरुमा उद्योग धन्दा नखुलेसम्म बेरोजगारीको समस्या हल नहुने पनि उनको भनाई छ।

विद्यालयको हिरक महोत्सव समारोहमा विद्यालय स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षा प्रेमी, अभिभावक, पूर्व शिक्षक, चन्दादाताहरूलाई सम्मान गरिएको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024