दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

30 Apr, 2025

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ की ५१ वर्षीया मुना कार्कीलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी दक्षिण कोरिया पठाइदिन्छु भन्दै पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेकी थिइन् ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024