दक्षिण कोरियामा मौसमी कामदार पठाउने कुनै सम्झौता भएको छैन: श्रम मन्त्रालय

13 May, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने कुनै सम्झौता नभएको स्पष्ट पारेको छ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कुनै सम्झौता नभएको स्पष्ट पारेको हो।

यसरी कामदार पठाउने विषयमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सम्झौता भएकोले भगिनी सम्झौता कायम गरेका स्थानीय तहहरूले श्रम मन्त्रालयमा सम्पर्क गर्नुपर्ने भन्दै यसअघि फर्जी प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा प्रचार भएको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयको लेटर हेड, छाप र महाशाखा प्रमुखको हस्ताक्षर किर्ते गरेर फर्जी प्रेस विज्ञप्ति जारी गरिएको भन्दै मन्त्रालयले सबैलाई सजक हुन अनुरोध गरेको छ।

दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा आजका मितिसम्म कुनै पनि सूचना आह्वान नभएको भन्दै मन्त्रालयले स्पष्ट पारेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024