तीन हजार श्रमिकको शव घाट पुर्‍याउन ७ करोड खर्च

15 Aug, 2022

वैदेशिक रोजगार बोर्डले चार वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तीन हजार ४९ श्रमिकको शव घाटसम्म ढुवानी गरिदिएको छ।

दुई हजार १५० पुरुष र ९१ महिलाको शव विमानस्थलबाट सम्बन्धित श्रमिकको घर वा घाटसम्म निःशुल्क ढुवानी गरिदिएको बोर्डले जनाएको छ।

निःशुल्क शव ढुवानी सेवाका लागि कुल ७ करोड ४२ लाख खर्च भएको बोर्डले जनाएको छ।त्यस्तै, पछिल्लो चार वर्षको अवधिमा बोर्डले चार हजार १५४ मृतकका हकवालालाई आर्थिक सहायता प्रदान गरेको छ।

आर्थिक सहायताबापत कुल दुई अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ।

यो अवधिमा अलपत्र पाँच सय ५५ शव विदेशबाट झिकाइएको बोर्डले जनाएको छ। पाँच सय ३३ पुरुष र २२ महिलाको अलपत्र शव झिकाउन तीन करोड ९७ लाख खर्च भएको छ।

अंगभंग भएका तथा गम्भिर बिरामी नौ सय ७६ लाई क्षतिपूर्ति बापत ३१ करोड नौ लाख १० हजार प्रदान गरिएको बोर्डले जनााएको छ।

त्यस्तै, बोर्डले विदेशमा बेखबर रहेकाहरूको खोजतलास तथा उद्धार गरेको छ। चार वर्षको अवधिमा एक हजार पाँच सय ५४ जना बेपत्ताको खोजतलास गरी उद्धार गरिएको बोर्डको भनाइ छ।यसका लागि बोर्डले दुई करोड ८१ लाख ४५ हजार खर्च गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024